नेपाली ५०० दरका १८६ थान नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ का ४२ वर्षीय रामकृष्ण अधिकारी छन् ।
उनी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, कमानेमा बस्दै आएका थिए । हेटौँडा–१५, रातोमाटेबाट बुधबार ९वैशाख २४० राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनी महोत्तरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा३३प ९९८३ नम्बरको मोटरसाइकलमा सवार थिए । जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




















