रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार वैशाख २५ उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको हो । उनी उपचारनिम्ति बुधबार वैशाख २४ अस्पताल भर्ना भएका थिए । रासस