इटहरी । आज बाट सुरुभएको पहिलो सभापतिकप अन्तर नगरस्तरिय फुटबल प्रतियोगितामा इनरुवा नगरपालिकाले बिजयी सुरुवात गरेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज(बुधबार) सम्पन्न उद्धघाटन खेलमा मोरङको सुन्दरहरैचा नगरपालिकालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै इनरुवाले सेमिफाईनलको यात्रा तय गरेको हो । 

इनरुवाको लागी सेसेहाङ्ग लिम्बु र आकाश लिम्वुले ब्यक्तीगत दुई दुई गोल गरे भने अमन लामाले एक गोल गरे । खेलको म्यानअफद म्याच इनरुवाका सेसेहाङ लिम्बु घोषित भए । उनले नगद २ हजार ५ सय रुपैया प्राप्त गरे । 

1000064007

बिहिबारको दोस्रो क्वाटरफाइनल खेल बेलबारी नगरपालिका र धरान उपमहानगरपालिकाबिच खेल हुने आयोजक इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । 

बैशाख ३० गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाका ८ पालिकाको सहभागीता छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशले संयोजन गरेको प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले ५५ हजार रुपैया नगद प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् । यस्तै बिधागत उत्कृष्ट हुनेले नगद ५ हजार पाउने आयोजकले जनाएको छ । 

1000064006