धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेको नामावली
१, सुनसरी धरान उपमहानगरपालिका– १३ का ११ वर्षीय अनमोल तामाङ, टाउकोमा चोट,अवस्था सामान्य
२,सुनसरी बराहक्षेत्र नगरपालिका– २ का ४८ वर्षीय कृष्ण राउत, देव्रे हात भाच्चिएको,अवस्था सामान्य रहेको
३,भोजपुर षडानन्द नगरपालिका– १३ का २० वर्षीय सुर्यमणी तामाङ, टाउकोमा चोट,अवस्था सामन्य ।
४,भोजपुर पौवादुम्मा गापा– ३ च्याङ्रेका ८० वर्षीय गंगा प्रसाद सापकोटा, टाउकोमा चोट,अवस्था सामान्य ।
५, भोजपुरको भोजपुर नगरपालिका– ११ की २४ वर्षीया सविना बराईली, हात भाच्चिएको,अवस्था सामान्य
६, भोजपुरको भोजपुर नगरपालिका – ११ की ६० वर्षीया देवी विक,टाउकोमा चोट, अवस्था गम्भीर
७, धनकुटाको साँगुरीगढी गापा– ६ का ६० वर्षीय हंशबहादुर राई, टाउकोमा चोट, अवस्था गम्भीर
८भोजपुरको षडानन्दा नपा– ११ बस्ने ५१ वर्षीया पूर्णमाया तामाङ, अवस्था सामान्य
९, सुनसरीको इटहरी उपमहानगरपालिका– ४ का १७ वर्षीय आयुष राई,हात र ढाडमा चोट,अवस्था सामान्य
१०,धनकुटाको धनकुटा नगरपालिक–६ का ३४ वर्षीय धनकुमार विक, टाउकोमा चोट, अवस्था सामान्य
११, धनकुटाको साँगुरीगढी गाँउपालिका– ६ की ६० वर्षीया दीर्घमाया राई, टाउकोमा चोट, अवस्था सामान्य




















