सिङ्गापुरमा सम्पन्न आम चुनावमा प्रधानमन्त्री लरेन्स वङ नेतृत्वको पीपुल्स एक्सन पार्टीले शनिबार स्पष्ट बहुमतका साथ विजय हासिल गरेको छ। पार्टीले ९७ मध्ये ८७ संसदीय सिटहरू जितेको छ। विजयपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री वङले भने, ‘हामीलाई जनताको बलियो समर्थन प्राप्त भएकोमा आभारी छौँ। तपाईंहरूको भरोसाको सम्मान गर्न हामी अझ कडा मेहनत गर्नेछौँ।‘
सिंगापुरमा सन् १९६५ देखि पीपुल्स एक्सन पार्टी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुँदै आएको छ । केही साना दलहरू पनि प्रतिस्पर्धामा रहे पनि उनीहरूको उपस्थिति नगन्य रहेको छ । पीपुल्स एक्सन पार्टी सन् १९६५ देखि सत्तामा छ । निर्वाचन विभागका अनुसार झण्डै २६ लाख सिङ्गापुरवासीले देशभरका १२४० मतदान केन्द्रहरूमा गएर ९२ सिटका लागि मतदान गरे।




















