भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडक खण्डहरुमा सवारी साधनहरु जाँच गर्ने क्रममा रामधुनी–६ पिडारी स्थितबाट बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाइछिपाइ ल्याउँदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो ।