कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको हेटौंडामा पछिल्लो एक घन्टामा २१।८ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंको सुन्दरीजलमा ७।४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३।६, काभ्रेको पाँचखालमा ४।६, चितवनको नारायणी फिल्ड अफिसमा ३।८, तनहुँको खैरेनीटारमा ५, स्याङ्जामा ५।८ मिलिमिटर वर्षा भएको छ।
महाशाखाका अनुसार हाल देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
जसका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।




















