इटहरी :  नेपाल यातायात मजदुर संघ इटहरी नगर समितिले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा डस्विन वितरण गरेको छ।

संघले आज (बिहीवार) इटहरी—९ मा रहेको बसपार्क क्षेत्रमा एक कार्यक्रमको आयोजना गर्दै बसपार्क टोल बिकाश संस्थालाई ३० थान डस्विन वितरण गरेको हो । 

श्रमिकहरूको स्वास्थ्य र बसपार्कमा सफाइलाई ध्यानमा राख्दै यसक्षेत्रमा डस्विन वितरण गरिएको यातायात मजदुर संघ इटहरीका अध्यक्ष दिनेश प्रधानले बताए। उनले भने, “हाम्रो उद्देश्य बसपार्क क्षेत्रमा भएको फोहोर न्यूनिकरण गर्नु हो। डस्विनमा फोहोर फाल्दा यहाँको सुन्दरता पनि बढ्ने छ।”उनले थपे, “डस्विनको प्रयोगले सफाइको स्तर बढाउनुको साथै फोहोर व्यवस्थापनमा पनी सहयोग पुर्याउछ । यसले वातावरणलाई पनि संरक्षण गर्नेछ।”

डस्विन वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, श्रमिक र आम नागरिकहरूको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूको योगदान र संघर्षको उच्च सम्मान गरिएको छ।

कार्यक्रममा उपस्थित अतिथीहरुले सबैलाई शुभकामना दिने क्रममा श्रमिकहरूको एकता र संघर्षको महत्त्वलाई पुनः स्मरण गराए।

कार्यक्रम ट्रेड युनियनका उपाध्यक्ष जोती कोइरालाको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस युनियन अध्यक्ष ध्रुव ढकाल,तरुण दल इटहरीका अध्यक्ष बिश्णु खत्री लगायत ट्रेड युनियनमा आबद्ध बिभिन्न नेताहरुको उपस्थीती रहेको थियो ।