इटहरी : पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै इटहरी बाट प्रकासीत पूर्वी हटलाइन दैनिक पत्रिकाको १२ औं वार्षिकोत्सवमा तीन जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ।
सम्मानितहुनेमा बिराटनगरका इञ्चार्ज भरत थपलीया, इटहरीका अग्रज पत्रकार सुविद गुरागाँई, र हटलाइनका नियमित स्तम्भकार मोहन ढकाल रहेका छन्। उनीहरूलाई जनही पाँच हजार नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको हो। पूर्वी हटलाइन दैनिक इटहरी बाट प्रकाशनहुने एक मात्र दैनिक पत्रिका हो ।
कार्यक्रममा पत्रिका प्रकाशक र सम्पादक शालिग्राम पाण्डेद्वारा लिखित पुस्तक “मुल्तवी कथा”को चर्चा गरिएको थियो। कार्यक्रममा जनता क्याम्पसका प्राध्यापक तथा साहित्यकार टिका आत्रेय, जैविक दर्शनका व्याख्यात मोहन तिम्सिना, र नेपाली भाषा विषय प्रमुख डा. मदनराज बरालले पुस्तकबारे टिप्पणी र चर्चा गरेका थिए।
मुख्य अतिथिका रूपमा उपस्थित नेपाल पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष लिला वल्लभ घिमिरेले सूचना प्रविधिको विकाससँगै पत्रिका प्रकाशन चुनौतीपूर्ण भएको बताएका छन्।उनले इटहरीबाट निरन्तर हटलाइनले गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।
नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदिले पत्रिका प्रकाशन अहिलेको समयमा चुनौतीको सामना गरिरहेको बताउँदै सामाजिक क्षेत्रका विकृती र स्थानीय मुद्दाहरूलाई उठाएर प्रकाशन गर्न सुझाव दिएका छन्।
कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकाल, महासंघका केन्द्रिय सदस्य अमर खडका, अग्रज पत्रकार कृष्ण बिनोद लम्साल, लगायतका व्यक्तिहरूको उपस्थिती रहेको थियो।
पूर्वी हटलाइन दैनिक पत्रिकाले १२ वर्षको सफलतापूर्वक यात्रा पूरा गर्दै पत्रकारिता क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




















