इटहरी । कोशी प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सुरुभएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले आज (सोमबार) इटहरी स्थित यातायात व्यवस्था कार्यालयमा एक कार्यक्रम बिच अनलाइन भुक्तानी सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
शुभारम्भ गर्दै मन्त्री भण्डारीले, सेवाग्राहीले घण्टांैसम्म लाईन बस्नुपर्ने झन्झटिलो भुक्तानी प्रक्रियाबाट मुक्त गरिएको बताउनुभएको छ । उहाँले अब कोशी प्रदेशका यातायात कार्यालयमा कोही बिचौलिया नचाहिने र सेवाग्राहीले स्वयम आफ्नो काम सहज रूपमा गर्न सक्ने दाबीगर्नु भएको छ ।
उहाँले भन्नुभयो, “ प्रत्येक कार्यालयमा सहायता कक्ष स्थापना गरिएको छ, जहाँ सेवाग्राहीले कुनै पनि समस्या परेमा सहयोग प्राप्त गर्न सक्नेछन्।”
नेपालमा पहिलो पटक कोशी प्रदेशले थालनी गरेको यो अनलाइन भुक्तानी प्रणालीले पारदर्शिता र दक्षता बढाउने अपेक्षा लिएको मन्त्री भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ यसले सेवाग्राहीलाई समय र श्रमको बचत गर्ने गर्नेछ,र कार्यसम्पादनलाई पनि थप प्रभावकारी बनाउने छ ।
डिजिटल प्रबिधिले सरकारी सेवामा सुधार ल्याउने र नागरिकलाई सजिलो बनाउने बताउनुभयो ।




















