इटहरी : सप्तकोशीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज (सोमबार) बिहान करिब ८ः३० बजे कोशी नदिमा नुहाउने क्रममा मामा र भान्जा बेपत्ता भएको प्रहरीले बताएको छ ।
इटहरी—१६ बालग्राम घर भएका १६ वर्षिय जेनिस आचार्य र ४० वर्षिय नवराज बास्तोला नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनले बराहक्षेत्र—१ कोशी नदिमा नुहाउने क्रममा पानिले बगाएको बताएका छन् । साईनोले जेनिस आचार्य भान्जा र नवराज बास्तोला मामा पर्ने प्रहरीले जानकारी दिएको छ ।
दुबै जनाको गोताखोर सहितको नेपाल प्रहरीको १७ जना र ससस्त्र प्रहरी वलका २९ जनाको टोलीले खोजीकार्य गरीरहेको प्रहरीले जनाएको छ ।




















