इटहरी : धरान इटहरी बिच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

शनिबार राति करिब ११ बजे धरान बाट इटहरी तर्फ आउदै गरेको वाग्मती प्रदेश ०१–०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

कारमा चालक सहित चार जना सवार रहेका थिए ।  दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्। चालक र बस्नेतको अबस्थामा सामान्य रहेको प्रहरीले बताएको छ । कल्याण कटुवाल लाई थप उपचारको लागि बिराटनगर स्थित बिराट मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको  बताएको  छ । थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकने छ  ।