नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा।गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित सर्वोच्चमा पूरक निवेदन परेको छ ।
शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्न लागिएकोमा उनको योग्यता नपुग्ने दाबीसहित पुरक निवेदन दिएका हुन् ।
यसअघि उनीहरूले गभर्नर नियुक्तिमा ६५ वर्षे हदम्याद हटाउने गरी मापदण्ड संशोधन गरेको भन्दै रिट दिएका थिए ।




















