इटहरी :  नेपालका प्रथम जगद्गुरु बालसन्तमोहन शरण देवाचार्यले धर्म निरपेक्षताले देशलाई द्धन्द्धमा फसाएको बताएउनु भएको छ । आज(आईतबार) चतरा आश्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले आयातित शब्द ‘धर्म निरपेक्ष’ संविधानमा समावेश गरिएकोले देशमा नकारात्मक प्रभाव परेको छ भन्नुभयो।

उहाँले नेपालका हिन्दूहरूको अन्तरआत्मासँग जोडिएको गौरवपूर्ण हिन्दुराष्ट्रलाई विस्थापित गर्दा देशमा गम्भीर समस्याहरू उत्पन्न भएको उल्लेख गर्नुभएको छ । 

बालन्त गुरुले अब कारोडौं नेपाली जनभावनालाई सम्मान गर्दै राजनीतिज्ञ, विभिन्न पार्टीका नेताहरू र राजनीतिक संघ–संगठनहरूलाई एक स्थानमा आउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

बासन्तमोहन शरण देवाचार्यले हिंसा र द्धन्द्धबाट देशलाई जोगाउन सबै पक्षलाई गम्भीर बन्न आग्रह गर्दै विश्वको एकमात्र सनातन हिन्दुराष्ट्र नेपालको स्थापना गर्न राष्ट्रिय सहमती जुटाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । नयाँ वर्षको शुभकामना दिंदै उहाँले नेपालमा हिन्दु राष्ट्र ल्याउन अपरीहार्य रहेको जिकिर गर्नुभयो ।