सुनसरीको इटहरीस्थित ग्रिन पिस एकेडेमीमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय आविष्कार बरालको चट्याङ्ग लागेर मृत्यु भएको छ । 

मामाघर मोरङको कानेपोखरी १ होक्लाबारी गएका बरालले साइकल चलाउँदै गरेको अवस्थामा उनलाई चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेपछी तत्काल उनको उद्धार गरेर विराटनगरको एक अस्पताल पुर्‍याएर चेक जाँच गर्दा डाक्टरले मृत्यु भइसकेको बताएका थिए ।