सुनसरीको धरानमा हत्या गरि फालेको अवस्थामा शव फेला परेको महिलाको पहिचान खुलेको छ।
शव इटहरी उपमहानगरपालिका २, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीय चुनकुमारी दाहाल बुढाथोकीको रहेको पुष्टि भएको छ।धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार दिउँसो १२ः३० बजेतिर महिलाको शव फेला परेको थियो । महिलाको हत्या कसले गरेको हो भनेर यकिन भइसकेको छैन ।




















