इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बुधबार बेलका नगरपालिका–९ भचुवा स्थितबाट सोही स्थान बस्ने वर्ष २१ को दिवस विकको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २४० मिलिग्राम फेलापारि उक्त लागू औषधसहित निजलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका विकलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




















