चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब भन्दा बढीले रेमिट्यान्स आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएकोमा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बुधवार नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०८१ र ८२ को आठ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा चालु आर्थिक वर्षको रेमिट्यान्स ९।४ प्रतिशतले बढेको उल्लेख गरेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९।४ प्रतिशतले वृद्धि भई फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा डलरको तुलनामा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धिदर बढी देखिएको हो । माघ मसान्तमा ९ खर्ब ५८ करोड रहेको रेमिट्यान्स फागुनमा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८।३ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६।१ प्रतिशतले बढेको थियो। यस्तै चालु आर्थिक वर्षको फागुनसम्म खुद द्वितीय आय ९खुद ट्रान्सफर० ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो।




















