बिहेपछि जीवनको नयाँ अध्याय सुरु हुन्छ । कतिपयको हकमा दाम्पत्य जीवन राम्ररी अनुभूति नै गर्न नपाउँदै दुखान्तमा परिणत भइसकेको हुन्छ । यस्तै अपवादको एउटा घटना भारतमा भएको हो । बिहार राज्यको वैशालीमा मंगलबार बिहान एक नववधूसहित चार जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान जंदाहा–समस्तीपुर मेन रोडमा पर्ने पनसलवा चोक नजिकै एउटा कार र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।मृतकमा नववधू पनि रहेको बताइएको छ । विवाह सकेर बेहुली लिएर फर्किएको गाडी दुर्घटना भएको हो । अघिल्लो दिन बिहे गरेर बेहुलीसहित घर फर्किंदै गरेको अवस्थामा एकाबिहानै कार दुर्घटनामा परेको हो ।




















