देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ ।कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
“काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,” मौसमविद् रोजन लामिछाने बाह्रखरीसँग भन्छन् । आजभन्दा भोलिलाई वर्षाको सम्भावना धेरै रहेको उनले जानकारी दिए । भोलि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।




















