इटहरी : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनु भएको छ । उहाँले मङ्गलबार (आज) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राजा फर्कनु केवल दिवा स्वपना भएको बताउनु भएको हो ।
अध्यक्ष नेपालले देशमा समाजवादी गणतन्त्रमा अबको यात्रा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, जनता लाई अलमलमा पार्न नहुने उल्लेख गर्नु भयो ।
उहाँले देशमा ‘बा’ प्रवृत्ति बढेको उल्लेख गर्दै केपी ओलीको नेतृत्वको आलोचना गर्नु भएको छ । देशमा अराजकता बढी रहँदा पनि सरकार मुख दर्शक भएर बसेको आरोप लगाउनु भएको छ । अध्यक्ष नेपालले भन्नुभयो,‘कुनै पनि बादीको नाममा भएको आन्दोललने मच्चाएको अराजकताले आम जनमानसमा त्रास सृजना गरेको बताउनु भयो ।
अध्यक्ष नेपालले,नेपाली समाजवादको स्थापना गर्न मदन भण्डारीको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्ने आवश्यकताको पनि उल्लेख गर्नुभयो । उहाँले सहिदहरूको योगदानलाई सम्झिन आग्रह गर्दै, “सहिदको योगदानले उठाएको यो कम्युनिस्ट आन्दोलनको सपना अब हाम्रो काँधमा आएको छ ।”
चुनौतिको सामना नगरी अघि बढ्न नसकिने बताउँदै, देश संकटमा रहेको छ, यदि उद्देश्य सही छ भने अगाडि बढ्ने बाटो पनि सही हुनुपर्छ भन्ने कुरामा अध्यक्ष नेपालको जोड थियो । उहाँले भन्नुभयो,“हामीले छुट्ीएर एमालेबाट कम्युनिस्ट आन्दोलनको रक्षा गयौं र राष्ट्रिय राजनीतिमा महत्वपुर्ण भूमिका खेल्यौं ।”
नेपालले दलाल पूंजीवादी असमानता र भेदभावसँग आफ्नो आन्दोलन जारी रहेको उल्लेख गर्नुभयो ।




















