राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा गरेको खबरदारीमा घुसपैठ भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको बताएको छ । राप्रपाको बागमती प्रदेशको आयोजनामा भएको यो कार्यक्रमा पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली, धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री छन् । पक्राउ पनेहरू कुनै पनि पार्टीमा आबद्ध व्यक्ति नरहेको खुलेको प्रहरी स्रोतले जानकारी दियो ।