स्रोत नखुलेको ७ लाखभन्दा बढी नेपाली रूपैयाँसहित विराटनगरबाट १ जनालाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ७ लाख ९ हजार रूपैयाँसहित विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो। को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई विराटनगर–७ बाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार शंकास्पद अवस्थामा भेटिएका साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको नगद फेला परेको हो। उनको साथबाट विभिन्न बैंकका १४ वटा एटीएम कार्ड र ९ थान चेक पनि फेला परेको श्रेष्ठले बताए।