संघीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।  अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । 

अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

बैठक बिहान ११ बजे बस्नेछ ।  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ । 

बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ ।  महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।  बैठक दिउँसो ३ बजे बस्नेछ ।