अर्घाखाँचीमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् ।
मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले चालक दिलीप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको बताए । मालरानी गाउँपालिका(४ बस्ने वसन्त पोखरेल र सोही ठाउँ बस्ने भुवन पोखरेल घाइते भएका छन् ।




















