पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित जङ्गलमा लागेको  डढेलो परि एक युवतीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका कुम्मायकका अनुसार डढेलो परेर स्थानिय प्रतिमा सम्बाहाम्फको निधन भएको हो। 

प्रहरी र स्थानीयबासीले थप क्षति हुन नदिन सावधानी अपनाउँदै आगो नियन्त्रणमा प्रयास जारी राखेका छन्।