इटहरीः पुर्व राजा ज्ञानेन्द्र शाहाले देशमा अस्तिरता चाहेको आरोप एमालेका महासचिव शंकर पोख्रेलले लगाउनु भएको छ । एमाले सुनसरी जिल्ला कमिटिले इटहरीमा आयोजना गरेको जागरण सभामा बोल्दै,जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पुर्व राजा नै सक्रिय भएका छन्।
महासचिव पोख्रेलले गणतन्त्रको स्थिरता कायम राख्न पुर्व राजाका तानासाहको बिरुद्ध पुन एक पटक प्रतिकार गर्न आवश्यक रहेको बताउनु भयो ।
महासचिव पोख्रेलले भन्नुभयो,“गणतन्त्र सजिलै ढल्दैन,शाही परिवारकै तानासाका कारण जनताले ल्याएको गणतन्त्रको बिकल्प पुन शाहीतन्त्र हुन सक्दैन।” पोख्रेलले गणतन्त्रको पक्षमा जनताको बिचार र सोचलाई उठाउनु पर्ने जरुरी रहेको बताउँदै, “यो मुलुकमा परिवर्तन सर्वसाधारणको त्याग र बलिदानले आएको हो, कुनै व्यक्तिको कृपाले होइन।”
महासचिव पोख्रेलले यस क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई थप आरोप लगाउँदै भन्नुभयो, “उनी अस्तिरताको कारण हुन्, उनले सरकार र ज्ञानेन्द्र शाहाको बीचमा भएको सम्झौताबिपरित गतिविधि गरेका छन्।” उनले १५ गते घटेको घटनाको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्रले लिनुपर्ने र उनी नै मुख्य जिम्मेवार भएको तर्क राख्नुभएको छ । साथै, पोख्रेलले निर्मल निवासमा बोलाएर पूर्वराजाले केही व्यक्तिलाई उक्साएर बंगालदेशको शैलीमा सत्ता हत्याउन खोजेको आरोप पनि लगाउनु भएको छ । १८ गतेनै तह भएको यो कार्यक्रम मुस्ली पर्व ईदको कारण २० गते राखिएको एमाले सुनसरीले जानकारी दिएको छ ।




















