इटहरी : इटहरीकै अग्लो व्यवसायिक भवन सेन्टर प्लाजामा आगोलागी बाट भएको क्षतीको निरीक्षण कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गर्नु भएको छ ।
निरीक्षण गर्ने क्रममा मन्त्री मण्डलले,यो घटना ठुलो हो “धन्न जनको क्षति भएन, धनको क्षति भएको छ ।” कोरोना काल पछी तंरिदै गरेको व्यवसायमा ठुलो धक्का परेकोमा चिन्ता ब्यक्त गर्नु भयो ।

सेन्टर प्लाजाका संचालक राजेश श्रेष्ठ लाई सान्तवना दिदै मन्त्री मण्डलले प्रदेश सरकारको सहयोग आवश्यक परेको खण्डमा,प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले भन्नुभयो,“आगो नियन्त्रण गर्न र आगोमा फसेका मानीसको उद्धार कार्यमा प्रदेश सरकार पनि सँग सँगै लाग्यो ।” यो घटनाले प्रदेश सरकारलाई पनि धक्का परेको मन्त्री मण्डलले बताउनु भयो ।
दशतले भवनको मध्य भागमा गत चैत १३ गते आगोलागी भएको थियो । आगोले भवनको पाँचौ र छैठौं तला पुर्णरुपमा क्षती गरेको छ ।




















