अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिङ खोलाको दोभानको रहमा शनिबार ९चैत १६० पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

भूमिकास्थान–१०, धनचौर पुयापाटाका १९ वर्षीय दिलीप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । रासस