इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सो आरोपमा इलाम नगरपालिका–४ बरबोटे बस्ने २२ वर्षीय दिपेश नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
दीपेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट बिब्ल्याटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




















