लागुऔषधसहित दुई जना युवा पक्राउ परेका छन्। पक्राउ परेका दुबै जना उदयपुरका भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उदयपुरको चौदण्डीगढी गाउँपालिका–६ का २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडालाई नियन्त्रणमा लिइएको हो।

उनीहरू भारतको जोगबनीबाट नेपाल प्रवेश गर्दा लागुऔषधसहित विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट मंगलबार साँझ पक्राउ परेका हुन्। उनहरुको  साथबाट १.४८ ग्राम खैरो हेरोइन ब्राउन सुगर र मोटरसाइकलको सिटमुनि लुकाइएका नाइट्राभेट–१०  ट्याब्लेट बरामद गरिएको छ।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय, रानीको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ।