विराटनगर, सोमबार – विराटनगर महानगरपालिका यातायात व्यवस्था कार्यालय परिसरबाट प्रहरीले १२ जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार, सेवाग्राहीहरूलाई ठगी गरिएको गुनासो आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरू- सञ्जीव कोइराला – विराटनगर महानगरपालिका–३
-राजेश खड्का – विराटनगर महानगरपालिका–३
-गौरवकुमार माझी – विराटनगर महानगरपालिका–३
-राजु कोइराला – विराटनगर महानगरपालिका–३
-युवराज लम्साल – दुहबी नगरपालिका–११
-अनिल बस्नेत – विराटनगर महानगरपालिका–५
-राजीव मण्डल – विराटनगर महानगरपालिका–४
-प्रवीण कुमार थन्दार – बर्जु गाउँपालिका–६
-भागवत राजबंशी – कटहरी गाउँपालिका–१
-उदय कार्की – बुढिगंगा गाउँपालिका–२
-सुनिल दाहाल – बुढिगंगा गाउँपालिका–१
-अजयकुमार मण्डल – विराटनगर महानगरपालिका–३
प्रहरीका अनुसार उनीहरू यातायात कार्यालय परिसरमा सेवाग्राहीहरूबाट विभिन्न बहानामा रकम असुल्ने तथा दलाली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




















