आज पनि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव परेको छ । आज देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसमको खराबीका कारण केही ठाउँमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकोले सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।




















