इटहरी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेसको महाधीवेशन समयमानै हुने जानकारी दिएका छन्। उनले नबिकरण प्रक्रियामा रहेका सदस्यहरूलाई समयमै नबिकरण गर्न अनुरोध गर्दै महाधिवेशनको तयारीमा ध्यान दिन आग्रह गरेका छन् ।
थापाले महाधिवेशनको मितिमा ढिलाइ गरिनु नहुने र यसलाई प्राथमिकता दिनुपर्ने कुरामा आफु स्पष्ट रहेको बताउदै कसैले भन्दैमा महादीबेशन सर्ने र भईहाल्ने हुँदैन । थापाले भने, “यसको प्रक्रिया छ प्रक्रिया टुंगिए पछी भईहाल्छ । थप्दै भने कसैको उक्साहटमा नलागीदिनु। ”
नेपाली काँग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै थपाले जनतामा व्यापक असन्तुष्टि बढिरहेको उल्लेख गर्दै सरकारले तत्काल यसको समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताएका छन् । अहिलेको जनताको सन्देशले पार्टीका नेताहरूलाई जनताको अपेक्षालाई पूरा गर्न र सरकारको कार्यशैलीमा सुधार गर्न सुझाएका छन् ।
उनले जनताका समस्याहरूप्रति संवेदनशील रहन र तिनको समाधानमा सक्रिय भूमिका खेल्न पनि सबै पार्टी कार्यकर्ताहरूलाई प्रेरित गरेका छन् ।




















