सुनसरीको इनरुवामा नेपाली कांग्रेस कोशी प्रदेशद्वारा आयोजित अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सुरु  भएको छ। बिपी कोईरालाको तस्वीरमा माल्यार्पण गरेर प्र मुख अतिथि महामन्त्री गगन थापाले कार्यक्रमको उद्घाटन गरेका छन् ।

प्रमुख अतिथि महामन्त्री गगन थापालाई विराटनगर विमानस्थलमा स्वागत गरिएको थियो। कार्यक्रममा प्रदेश तथा स्थानीय तहका नेताहरूको उपस्थिति रहेको छ ।