इटहरी । आठौं अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकप फुटबल प्रतियोगिता द योङ ब्रदर्स क्लब इटहरीले जितेको छ। योङ ब्रदर्सकाे संघर्षपूर्ण खेलमा नेपाल पुलिस फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै टाइब्रेकरमा ३-१ को जित दर्ता गर्यो।

उपाधि जित्ने क्रममा योङ ब्रदर्स क्लबले नगद ४ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो ।  उपविजेता नेपाल पुलिसले नगद २ लाख रुपैयाँ, ट्रफी र मेडलमा चित्तबुझाउनु पर्याे ।

पुरस्कार वितरणमा बराहक्षेत्र नगर प्रमुख रमेश कार्की,काेशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई, धावक आशाराम चौधरी लगायतको उपस्थित थियाे ।

प्रतियोगिताका सर्वोकृष्ट खेलाडी द योङ ब्रदर्सका प्रवेश दनुवार घोषित भए, उनलाई नगद २५ हजार रुपैयाँ प्रदान गरियो।

IMG-20250322-WA0015

खेलकाे म्यान अफ दि म्याच योङ ब्रदर्स क्लबका मौसम लिम्बू घाेषित भए उनले नगद दश हजार प्राप्त गरे। त्यसैगरी उत्कृष्ट गोलकिपर विश्वास चौधरी, उत्कृष्ट डिफेन्डर सबिन घिमिरे र उत्कृष्ट प्रशिक्षक पनि याेङ ब्रदर क्लबकै विमल मगर घाेषित भए । उनिहरुले जनही दस हजार प्राप्त गरे । 

नेपाल पुलिसका प्रवीण थापा र विवेक पाण्डे क्रमशः उत्कृष्ट मिडफिल्डर र स्ट्राइकर बने उनिहरुले पनि जनही दस हजार प्राप्त गरे ।

प्रतियोगिताको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश कार्कीले नगरले खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

FB_IMG_1742657014944

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले नगरको बजेटको ५ देखि १० प्रतिशत खेलकुदका लागि विनियोजन गर्न आग्रह गरे।

प्रतियोगिताको आयोजनामा न्युस्टार क्लबका अध्यक्ष भेषराज कार्कीको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो।