कोशी प्रदेशका ८४ अर्थोडक्स चिया उद्योगमा तीन अर्ब ६८ करोड ७४ लाख रुपियाँ लगानी छ । त्यसको ३६।४ प्रतिशत हिस्सा ऋणको छ भने ६३।६ प्रतिशत हिस्सा स्वपुँजी  छ ।

नेपाल राष्ट्र बैङ्कले तयार गरेको ‘कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती विशेष अध्ययन प्रतिवेदन २०८०र८१’ अनुसार दुई वटा उद्योगमा मात्रै वैदेशिक लगानी छ । कोशी प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल एक सय अर्थोडक्स चिया प्रशोधन उद्योग सञ्चालनमा छन् ।

अध्ययनमा सहभागी अर्थोडक्स चिया उद्योगीले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियोपत्ताको प्रतिकेजी औसत खरिदरलागत मूल्य ५४।९३ रहेको बताए ।

यसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगको प्रतिकेजी औसत खरिदरलागत मूल्य क्रमशः ८७ रुपियाँ र ४९।३५ रुपियाँ रहेको छ । प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको प्रतिकेजी आन्तरिक बजार मूल्य ९४१।६० रुपियाँ र अन्तर्राष्ट्रिय बजार मूल्य ८०१।५१ रुपियाँ रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३।७१ रुपियाँ र ४०८।३१ रुपियाँ मात्र रहेको पाइएको छ ।

अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१।६३ प्रतिशत रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा छ ।

प्रशोधित अर्थोडक्स चियाको बिक्री आय दुई अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपियाँ रहेको छ, जसमा निर्यातको हिस्सा ८६।७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर देखिन्छ ।