शनिवार  इटहरीमा  ९ घण्टा बत्ती नआउने भएको छ । शनिवार बिजुलीको लोड ब्यालेन्स र नयाँ तार बिस्तारकार्यको लागि  इटहरी  वितरण केन्द्रले  लाइन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म अवरूद्ध हुने जानकारी दिएको हो । 

विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत इटहरी, खनार,तरहरा,झुम्का,मिलनचौक,पचरुकी, आँपगाछी   लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको छ।

समयमै काम सम्पन्न भए  सो समय भन्दा अगावै लाइन सुचारु हुने पनि प्राधिकरणका प्राविधिक किरन क्षेत्रीले बताउनु भयो ।