इटहरी: नेवाःपुच इटहरीले विशेष कार्यक्रमको आयोजना गर्दै आफ्नो रजतजयन्ती वर्ष मनाएको छ। यो कार्यक्रम २५ वर्षको स्थापनापछि २६औं वर्षमा प्रवेशको अवसरमा गरिएको हो।

कार्यक्रममा जेष्ठ नागरिक, नेवाःपुचका लागि जग्गा दिने दाता, भवन निर्माणमा सहयोग गर्नेहरू, र विभिन्न क्षेत्रमा उच्च ओहोदामा पुगेका सदस्यहरूको सन्ततीलाई सम्मान गरीएको थियो ।

सम्मानित हुनेहरूलाई दोसल्ला र प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की दिनुभएको थियो । 

यस अवसरमा नेवाःपुचले रजतजयन्तीको स्मारिका पनि विमोचन गरेको छ । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेवा दे दवुका केन्द्रिय सदस्य श्यामवहादुर श्रेष्ठ, र विमला प्रधानजस्ता अन्य अतिथिहरूको उपस्थिती रहेको थियो।