बुधबार राति गाजापट्टीमा इजरायली हवाई आक्रमणमा ४० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यी हवाई हमलाहरू इजरायलले दक्षिणी गाजाको खान युनिस र रफाह शहरहरू र उत्तरी गाजाको बेइत लाहिया शहरमा गरेको थियो । यसअघि मंगलबार इजरायलले गरेको आक्रमणमा ४०० भन्दा धेरैकोे मृत्यु भएको थियो ।
भङ्ग भयो युद्धविराम, फेरि सुरु भयो आक्रमण
इजरायलले मंगलबार गाजामा भारी हवाई आक्रमण गरेको थियो । त्यसपछि इजरायल र हमास बीचको युद्धविराम सकिएको छ । यो युद्धविराम केही समयका लागि लडाईं रोक्न र दुई दर्जन भन्दा बढी बन्धकहरूलाई रिहा गर्न मद्दत गर्न लागू गरिएको थियो । इजरायलले हमासलाई सम्झौता अस्वीकार गरेको आरोप लगाएको छ । मंगलबारको आक्रमणमा ४०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको थियो । मर्नेमा अधिकांश महिला र बालबालिका थिए ।




















