इटहरीमा माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ। यस वर्ष ३,४६२ विद्यार्थीले परीक्षा दिइरहेका छन्। परीक्षाका लागि ११ वटा केन्द्र तोकिएको छ।
परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना, र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ।
परीक्षा शान्तिपूर्ण बनाउन सुरक्षासहित अनुगमन टोली परिचालन गरिएको छ। परीक्षाका क्रममा अनुशासन पालन गर्न विद्यार्थी, शिक्षक तथा अभिभावकलाई अनुरोध गरिएको छ। परीक्षा चैत ७ गतेदेखि सुरु भई निर्धारित तालिका अनुसार सञ्चालन हुनेछ।




















