द योङ ब्रदर्स क्लब इटहरी  कालाबन्जरमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हनामी भरतपुर फुटबल क्लब चितवन लाई  ४-२ गोल अन्तरले पराजित गर्दै द याेङ्ग ब्रदर्स क्लबले फाइनलकाे यात्रा तय गरेकाे हाे । 

निकै दबाबमा खेलेकाे द याेङ्ग ब्रदर क्लबले दोस्रो हाफको पहिलो मिनेटमा बफरले र  ३२औं मिनेटमा फोफोनाले गरेको गोलले खेललाई बराबरीमा पुर्यायो । दाेस्राे हाफ बाट खेलकाे लयमा फर्केकाे ब्रदर क्लबले अन्तिम समय सम्म बिपक्षी चितवन लाई दबाबमा राख्न सफल भयाे । बराबरी खेलेका दुबै टिमले आफ्नाे पक्षमा जित निकाल्न प्रयास गरिरहे । 

खेलको अतिरिक्त समयमा लगातार दुई गाेल अलेक्स र मौसम लिम्बूले व्यक्तिगत १/१ गोल गर्दै  द योङ्ग ब्रदर्स क्लबले प्रतियोगितामा फाइनलकाे यात्रा सुरक्षीत गर्याे । 

 भरतपुरका लागि पहिलो हाफको १४औं मिनेटमा र १५ औं मिनेटमा भरतपुरले  १/१ गाेल गरेकाे थियाे । 

खेलको म्यान अफ द म्याच द योङ्ग ब्रदरका  खेलाडी सविन घिमिरे भए । उनले नगद ५ हजार प्राप्त गरे ।

भाेलीहुने अन्तिम सेमिफाइनल खेल कन्चनजङ्घा फुटबल क्लब सिलिगुडी भारत र नेपाल पुलिस फुटबल क्लब काठमाडौंबीच हुने आयोजक न्युस्टार फुटबल क्लबले जानकारी दिएकाे छ । 

प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।