आव विक्रम संवत २०८१ साल चैत्र ५ गते, मंगलबार । ईश्वी सन् २०२५ मार्च १८ तारिख । नेपाल संवत् ११४५ ।

मेष : पढाइ लेखाइ प्रभावित हुनसक्छ ध्यान दिनुहोला । लगानी गर्दा साझेदारबीच मतभेद बढ्नेछ । भौतिक सम्पत्ति तथा विलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना हुनसक्छन् । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । उपहार तथा विलाशी सामानको प्राप्ति योग रहेकोछ । अध्ययन वा कामको सवालमा यात्रा हुने ग्रहयोग रहेकोछ ।

बृष : व्यापार, उद्योग तथा शेयरबजारमा लगानी बढाएर नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । अध्ययन, वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ ।

मिथुन :मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईंको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ । कर्कट ९हि,हु,हे,हो,डा,डि,डु,डे,डो० स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान, दिनुहोला । आमा, आफन्त तथा साथीभाईबाट टाडिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । सवारी साधनको मर्मत तथा खरिद बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ ।

सिंह :सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योग तथा शेयरबजारमा सुझबुझका साथ लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।

कन्या : व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरु गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ ।

तुला:काम बिग्रने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान, लिनुहोला । साना तीना घरेलु समस्याले सताउनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । र, पनि राजनीति तथा सामाजिक कामबाट नाम कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको यात्राको योग रहेकोछ ।

बृश्चिक : समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी बिना नै महत्वपूर्ण काम शुरु गर्दा बिग्रनेछ । र, पनि विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । औषधिजन्य सामानको बिक्रीबितरण गरि लाभ लिन सकिनेछ ।

धनु : बिशिष्ट व्यक्तिहरुको विचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानी फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

मकर : सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धी हरुभन्दा निकै नै अगाडि बढी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

कुम्भ : शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेकोछ । धार्मिक पुस्तक अध्ययन गरि ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा आज गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय शुभ रहेकोछ । गीत संगीत तथा कला क्षेत्रमा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन:स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ भने समय अनुसार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,(ज्योतिषी दुर्गा प्रसाद भण्डारी