तिते करेला तितो भए पनि यसका अनगिन्ती स्वास्थ्य लाभ छन्। यसमा भिटामिन ए, सी, आइरन, क्याल्सियम, पोटासियम, एन्टिअक्सिडेन्ट र फाइटोन्यूट्रियन्ट्स पाइन्छन्, जसले शरीरलाई विभिन्न रोगहरूबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।तिते करेलामा ‘चारांटिन’ र ‘पोलिपेप्टाइड(पी’ नामक यौगिक पाइन्छ, जसले रक्तमा सुगरको मात्रा घटाउँछ। यसमा ‘इन्सुलिन जस्तो काम गर्ने कम्पाउन्ड’ पनि हुन्छ, जसले मधुमेह भएका बिरामीलाई लाभ पुर्याउँछ। मधुमेह भएका व्यक्तिले नियमित रूपमा तिते करेलाको रस सेवन गर्नुपर्छ।
तिते करेलामा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ। कब्जियत, अपच, ग्यास तथा पेट फुल्ने समस्याबाट छुटकारा दिन मद्दत गर्छ।
यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ, जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक तत्व हो। यसले ब्याक्टेरिया र भाइरससँग लड्न मद्दत गर्छ, जसले गर्दा जाडोमा आउने रुघाखोकी तथा अन्य संक्रमणबाट जोगिन सकिन्छ।
तिते करेलामा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण पाइन्छ, जसले डन्डीफोर, एलर्जी, खुजली, एक्जिमा, फंगल इन्फेक्सन जस्ता छालासम्बन्धी समस्याहरूलाई समाधान गर्न मद्दत गर्छ।
तिते करेलामा कम क्यालोरी र उच्च फाइबर पाइन्छ। यसले शरीरमा बोसो जम्न दिँदैन र तौल नियन्त्रण गर्न मद्दत गर्छ।
तिते करेलाले शरीरमा खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोल बढाउँछ। यसले रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ, जसले मुटु स्वस्थ रहन्छ।
यसमा ‘एन्टिअक्सिडेन्ट’ तथा ‘फाइटोकेमिकल्स’ पाइन्छ, जसले शरीरमा क्यान्सर कोशिकाको वृद्धि रोक्न मद्दत गर्छ।
तिते करेलाको रस नियमित सेवन गर्दा रक्त शुद्धीकरण हुन्छ। यसले छालालाई चम्किलो बनाउँछ र टक्सिन हटाउन मद्दत गर्छ।
यसले कलेजोबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ। विशेष गरी, मदिरा सेवन गर्ने व्यक्तिहरूका लागि तिते करेला फाइदाजनक मानिन्छ।
यसमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ, जसले आँखा स्वस्थ राख्छ र दृष्टि सुधार गर्न मद्दत गर्छ।
तिते करेला तितो भए पनि यसको स्वास्थ्य लाभ अमूल्य छन्। यसलाई विभिन्न परिकारहरूमा प्रयोग गर्न सकिन्छ, जस्तै झोल, तरकारी, अचार वा रसको रूपमा। स्वस्थ जीवनशैली अपनाउन तिते करेलालाई आहारमा समावेश गर्नु अत्यन्त लाभदायक हुन्छ।




















