इटहरी : इटहरीमा आज होलिका दिन ट्राफिक प्रहरीले सुरक्षा व्यवस्थामा कडा निगरानी गरेको छ । ट्राफिक प्रहरीले इटहरीमा नियम उल्लङघन गरेर चलाईएका ४३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ, भने १९ वटा विरुद्ध कारबाही गरेको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएको छ । उहाँका अनुसार, होलीको अवसरमा सडक दुर्घटना हुने सम्भावना उच्च रहेकोले सुरक्षा जाँचलाई कडा बनाइएको र ट्राफिक नियम उल्लङ्घन गर्ने कारवाहीमा परेको बताउनुभयो ।
प्रहरीले भिडभाडमा जथाभावी सवारी चलाउने, माधक पदार्थ सेवन गरी चलाउने,हेलमेट नलगाई सवारी चलाउने, र कागजपत्र नभएको सवारीलाई नियन्त्रणमा लिएको जनाएको छ । कारवाही पर्नेमा माधक पदार्थ सेवन गरी दुईपाङ्ग्रे सवारी चलाउने अत्यधिक रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।




















