होस्टेल ३’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । चलेका कलाकार, ब्यानर र निर्माताको फिल्मलाई समेत कमाउन धौ धौ परिरहेको बेला डेब्यु निर्देशक, त्यसमा पनि सबै नयाँ अनुहारका कलाकारले अभिनय गरेको फिल्मले घरेलु बक्सअफिसमा सुखद डेब्यु गरेको हो ।

फागुन २३ गते शुक्रबारदेखि रिलिज भएको फिल्मले प्रदर्शनको ३ दिनमा १ करोड ४६ लाख ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले विशेषगरि शनिबार राम्रो ब्यापार गर्‍यो । शनिबार अपरान्हपछिका शोमा दर्शकीय अकुपेन्सी खचाखच रह्यो । आइतबार अकुपेन्सीमा केही गिरावट देखिएपनि अनुपात निराशाजनक भने रहेन ।