डिजिटल वालेट ‘खल्ती’ले एनसेल सँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एनसेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा वा डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने छन् । 

निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ भने सो इन्टरनेट मार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधा को भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्ट, प्जबतिष् त्तगष्श जस्ता  इनोभेटिफ सेवा सम्मको सुविधा प्रयोग गर्ने पाउनेछन्।

यसका साथै एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार ९फागुन र चैत्र ३० मजेदार उपहारको साथ फायर सेल्स समेत घोषणा गरेको कम्पनीले जनाएको छ ।