अभिनेत्री पूजा शर्मा वैशाख देखि फिल्ममा फर्किने भएकि छन् ।‘अहिले आफ्नो साढे ७ को दशा चलिरहेको र त्यो दशा बैशाखमा सकिने भएकाले त्यसपछि मात्र कामहरू अघि बढाउने उनले बताइन् । ‘मेरो साढे सातको दशा रैछ । बैशाखदेखि सकिन्छ र राम्रोसँग ट्याकमा हिँड्छु । बैशाखदेखि धेरै चीज गर्दैछु’ उनले भनिन् । विवाह पनि २०८२ सालभित्रै गर्ने उनको कुरा छ ।
आफूले फिल्म नपाएको भन्ने चर्चालाई उनले खण्डन गरिन् । ‘रावायणको बेलामै ६ महिना ग्याप लिन्छु भनेर भनेकी थिएँ । त्यतिबेला मेरो मन फिल्मतिर थिएन । मलाई रेस्ट चाहिएको थियो’ उनले भनिन् । ‘थ्री लभर्स’बाट फिल्ममा डेब्यु गरेकी पूजाको पछिल्लो फिल्म ‘रावायण’ थियो जुन बक्सअफिसमा सफल हुन सकेन । उनी यसमा कलाकार र निर्मात्रीको रुपमा थिइन् ।




















