नेकपा एमाले मोरङको १० औँ अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । ५ पदाधिकारीसहित १६५ जनाको जिल्ला कमिटीका लागि लागि ३२५ जनाले उम्मेदवारी दिएका छन् ।

१२ बजेपछि निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताए । यसअघि बिहान ९ बजेदेखि गर्ने भनिए पनि सहमति प्रयास भइरहेको भन्दै १२ बजेदेखि मात्रै मतदान गर्ने तयारी रहेको उनले बताए । अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको छ।

इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्।