काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ । काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो । त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई सहर परेको छ भने बंगालादेशको ढाका १८६ एक्यूआईसहित तेस्रो नम्बरमा छ ।




















